Friday, September 1, 2017

फेसबुकबाट ३४ जना ठग्ने युवती प्रहरीको फन्दामा

विदेशी गिरोहसँग मिली दर्जनौं नेपालीलाई फेसबुकमार्फत ठगी गर्ने युवती पक्राउ परेकी छन् ।
सोलुखुम्बु घर भई बौद्ध बस्ने ३३ वर्षीया आङलेमी शेर्पालाई प्रहरीले पक्राउ गरेको हो । शेर्पालगायत व्यक्तिले विदेशबाट महँगो पार्सल पठाएको भन्दै फोन गर्न लगाउने र त्यसका लागि भन्सार शुल्क चाहिने भन्दै भारतबाट फोन गर्न लगाई पैसा मगाएर ठगी गर्दै आएको सिआइबीकी एसपी मीरा चौधरीले बताइन् ।

हालसम्म त्यस्तो गिरोहले ३४ जनाबाट ४३ लाख रुपैयाँ ठगी गरिसकेको प्रहरीले जनाएको छ । 
शेर्पा एक सहकारीमा काम गर्थिन् । (नयाँ पत्रिका दैनिक)

SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 comments: